१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनालाई जितेर छिट्टै काममा र्फकन्छु : मेयर शाक्य


0
Shares

काठमाडौं, भदौ १६ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै काममा समर्पित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

मंगलबार एक विज्ञप्तिमार्फत उहाँले नगरबासीको निरन्तरको साथ, सहयोग, समर्थन र सद्भावले थप ऊर्जा प्राप्त भएको बताउनुभएको छ ।

मेयर शाक्यले कोरोना (कोभिड–१९) को नियन्त्रण र व्यवस्थापनसँगै कोरोना कहरबाट उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ उच्च सावधानी अपनाउँदै अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा संक्रमण पुष्टि भएको उल्लेख गर्नुभएको छ ।

उहाँले होम आइसोलेसनमा रहे पनि काठमाडौं महानगपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्नभएको छ ।

मेयर शाक्यलाई सोमबार संक्रमण पुष्टि भएको थियो ।