
काभे, भदौ १६ । काभ्रेको नमोबुद्ध नगरपालिकाले नगरभित्रका अपांगता भएका व्यक्ति र स्वास्थ्य स्वयंसेविकाको निःशुल्क कोरोना बिमा गर्ने भएको छ ।
नगर कार्यपालिकाको बैठकले नगरपालिकाबाट विभिन्न समयमा अपांगता परिचयपत्र वितरण गरेका व्यक्तिहरुमध्ये रातो र निलो परिचयपत्र प्राप्त गरेका अपांगता भएका व्यक्तिको कोरोना बिमा गर्ने निर्णय गरेको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिनुभयो ।
यसैगरी नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविकाको पनि निःशुल्क कोरोना बिमा गर्ने निर्णय कार्यपालिकाको बैठकले गरेको छ ।
हाल नमोबुद्ध नगरपालिकामा ८१ जना महिला स्वास्थ्य स्वयंसेविका छन् ।
प्रतिक्रिया दिनुहोस्