
हेटौँडा भदौ १६ । बागमती प्रदेश सरकारले आफ्नो मातहतमा अस्पताल नभएका जिल्लाका अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतमा मंगलबार बसेको बैठकले प्रदेश मातहत नभएका जिल्लाको स्थानीय तहमा रहेका अस्पतालहरुको स्तरोन्नती गर्ने निर्णय गरेको हो ।
८ वटा जिल्लामा मात्र प्रदेश मातहतका अस्पतालहरु रहेका छन् ।
हाल दोलखा, काभ्रे, काठमाडौ, ललितपुर र चितवनमा प्रदेश मातहतका अस्पताल छैनन् ।
यसैगरी पर्यटन व्यवसायको इजाजत नविकरण तथा जरिवाना, विलम्ब दस्तुरमा छुट दिने पनि निर्णय गरिएको छ ।
यसैगरी महिला विकास प्रशिक्षण केन्द्र ललितपुरको संरचना प्रदेश मातहत ल्याउने र प्रदेश मातहत रहने आयोजनाहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत भएको छ ।
प्रतिक्रिया दिनुहोस्