
काठमाडौं, भदौ १६ । नेपालमा उत्पादित बिजुली समयमै बिक्रि गर्न नसक्ने हो भने राज्यले तत्काल १० खर्ब रुपैयाँ जोखिम बहन गर्नुपर्ने उर्जा उत्पादकले बताएका छन् ।
नेपालको सम्वृद्धिको मुख्य आधारको रुपमा रहेको जलविद्युत उत्पादन गरेर विक्री गर्न नसके सम्वृद्धि हुने सम्भावना टाढा पुग्ने स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्ष आशिष गर्गले बताउनुभयो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको सेजन अर्थनीति बहशमा गर्गले हाल १३ सय ६० मेगावाट रहेको नेपालको विद्युत उत्पादन क्षमता रहेको र आगामी तीन बर्षभित्र ६ हजार मेगावाट पुग्ने बताउँदै उत्पादन बढेपनि खपत नबढ्दा बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने बताउनुभयो ।
गर्गका अनुसार अहिलेको अवस्थाले तीन बर्षभित्र झण्डै ४५ सय मेगावाट बराबरको उत्पादन बढ्ने अवस्था छ ।
नेपालको विद्युत खरिदमा चीन बंगलादेश म्यानमार लगायतका मुलुक इच्छुक देखिएपनि प्रशारण लाइनको समस्या, भारतको स्वीकृति चाहिने जस्ता कारणले सहज हुन सकेको छैन ।
उत्पादित विजुली समयमै विक्रि गर्न नसक्ने हो भने जलविद्युतका लगानीकर्ताका लागि मात्र नभई देशकै अर्थतन्त्रमा गम्भीर पर्न सक्ने विज्ञहरुको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्