२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न नेविसंघको माग


0
Shares

काठमाडौं, भदौ १७ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

एकै महिनामा पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा अन्य क्षेत्रमा पनि मूल्यवृद्धि हुने भन्दै नेविसंघले मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको हो ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले महामारीले जनताको जिवनयापन अत्यन्तै असहज र कष्टकर भरहेको र थप राहत, सहुलियतको जरुरी रहेको समयमा सरकार निरन्तर नागरिकलाई थप पीडा दिन र चुल्हो बन्द गराउन उद्धत रहेको आरोपसमेत लगाउनुभएको छ ।

१५ दिनअघि मात्र लिटरमा एक रुपैयाँ बढाएको नेपाल आयल निगमले मंगलबार रातीबाट लागु हुनेगरी प्रतिलिटर २ रुपैयाँ बढाएपछि पेट्रोल लिटरको एक सय ७ रुपैयाँ पुगेको छ ।

निगमले डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी. ग्यासको मूल्य भने यथावत नै राखेको छ ।