२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ सहित ११२० जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु


0
Shares

काठमाडौं, भदौ १७ । पछिल्लो २४ घण्टामा मात्रै ११ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

थपिएका संक्रमितमा ३२० महिला र ८०० पुरुष छन् ।

मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन् ।

क्वारेन्टिनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ छ ।

पछिल्लो २४ घण्टामा १११२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

काठमाडौं उपत्यकामा बुधबार थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जस्तै काठमाडौंका ३५०, ललितपुरका २९ जना र भक्तपुरमा ९ जना छन् ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.17

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.17#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Wednesday, September 2, 2020