
चितवन, भदौ १७ । सरकारले मल उपलब्ध गराउन नसक्दा देशभर रासायनिक मलको हाहाकार भएको छ ।
धानलगायतका बालीमा मल हाल्नु पर्ने समयमा सरकारले मल उपलब्ध नगराउँदा कृषक चिन्तित भइरहेका छन् ।
खासगरी धानलगायतका बालीलाई चाहिने युरिया मलको हाहाकार भएको हो ।
देशका अरु भागमा झै चितवनमा पनि मलको संकटका कारण कृषकमा छटपटी बढेको छ ।
मल पाइने आशामा स्थानीय सहकारी सस्थाहरुमा सयौंको संख्यामा मानिस लाइन बसे पनि पाउन नसक्दा दुखित बन्नेहरु छन् ।
बिहान सबेरैदेखि घण्टौं लाइनमा बसेका सयौं किसान रित्तो हात फर्कन बाध्य भएका छन् ।
जिल्लामा करिब २ सय टन अनुदानको मल कृषि ज्ञान केन्द्रको सिफारिसमा एक सय वटा सहकारी संःथालाई वितरण गरिए पनि मल लिन बस्नेहरुको ठूलो लाइन हुँदा सबैले मल नपाएका हुन् ।
कतिपय सहकारीले दशरदश किलोका दरले दामासाहीमा बाँडेका थिए ।
सहकारीहरुमा हजारौं किसान आवद्ध भएपनि मल उपलब्ध गराउन नसकेको सहकारीहरुले जनाएका छन् ।
मल लिन लाइन बसेका तर नपाएका कृषकलाई प्रहरीले बल नै प्रयोग गरेर तितरबितर पारेको थियो ।
स्थानीय प्रशासनले कोरोना संक्रमणको त्रासमा निषेधाज्ञा लगाए पनि हजारौंको संख्या मानिस लाइनमा पुगेका थिए ।
प्रशासनले मल माग्ने किसानलाई प्रहरी लगाएर लखेटेकामा किसानहरुले दुखेसो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्