
काठमाडौं, भदौ १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार सेवामा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुको पौष मसान्तसम्म करार अवधि म्याद थप गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरी करार सेवामा रहेका वा स्थानीय तह वा मन्त्रालयको स्वीकृतिमा नियुक्ति दिएर करारमा रहेका चिकित्सकको सेवा अवधि सकिएको भए पौष मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले संघ, प्रदेश र स्थानीय तहमा खटिएका चिकित्सकहरु समायोजन भएका अस्पतालमा नखटाई हाल काम गरिएको अस्पतालमा नै कार्तिक मसान्त सम्म राख्ने निर्णय भएको जानकारी दिनुभयो ।
मन्त्रालयले कोरोनाका कारण संघ, प्रदेश र स्थानीय तहमा जनशक्ति आवश्यक परे मन्त्रालयले जनशक्ति परिपूर्ति समेत गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्