
काभ्रे, भदौ १७ । काभ्रेको बनेपा नगरपालिका-४ नाला स्थित ऐतिहासिक उग्रचण्डी भगवती मन्दिर परिसरमा रहेको सूर्यनारायणको मूर्ति चोरी भएको छ ।
गएराति मूर्ति चोरी भएको मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यले बताउनुभयो ।
तीन धारामाथी रहेको चोरी भएको कलात्मक मूर्ति एक सय वर्ष भन्दा पुरानो रहेको स्थानीयको भनाइ छ ।
मूर्ति चोर्नेहरुको खोजी जारी रहेको वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्