
काठमाडौं, भदौ १७ । बुधवार शेयर बजारमा ४ अर्ब १८ करोड बढीकोे कारोवार हुदा परिसुचक १५ सय १० पुगेको छ ।
२५ अंकले परिसुचक उकालो लागेसँगै नेप्से परिसुचक १५ सय नाघेको छ ।
सेयर बजारले ६ महिनापछि १५ सय नाघेको हो ।
यस दिन कारोवार रकम पनि उल्लेख्य बृद्धि भएसँगै बजार पुँजीकरण २० खर्ब रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स पनि तीन सय चार अंकले उकालो लागेको छ ।
लामो समय देखि आइपियोको मुल्य भन्दा कम मुल्यमा बजारमा उपलब्ध हुदै आएका जलविद्युत कम्पनीका शेयरमा बुधवार उछाल आयो ।
८ जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकर नै लागेको थियो ।
यस दिन सबैभन्दा बढी जलविद्युत क्षेत्र ९४ अंकले उकालो लाग्दा बैकिङ्ग व्यापार लघु वित्तिय संस्था सबै उकालो लागे ।
यस दिन बिमा कम्पनीको शेयरमा भने गिरावट आएको छ ।
बुधवार निर्जिवन बिमा १२५ अंकले गिरावट आउदा बिमा कम्पनी भने ८८ अंकले आरालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यस दिन एक सय ८६ कम्पनीको ९६ लाख ८६ लाख कित्ता शेयर चार अर्ब १८ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।
कोरोनाका कारण लगानीका अन्य क्षेत्र खुम्चीदा बजारमा लगानी बढेको विश्लेशकहरुले बताउदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्