१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न पर्यटनमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं, भदौ १७ । सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गत अगष्ट २५ मा १६१ यात्रु लिएर युएईबाट काठमाडौं आएका १४२ यात्रुको रकम फिर्ता गराउन निर्देशन दिनुभएको हो ।

मन्त्रालयमा बुधबार बसेको बैठकमा उहाँले यात्रुको रकम फिर्ता गर्न एयर अरेबियालाई निर्देशन दिनुभएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

एयर अरेबियाले १४२ जनाको पिसिआर गरेको, १८ जनाको आरडिटी गरेको र एक जनाको परीक्षण नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वारेन्टिनमा राखेपछि सोबापतको रकम फिर्ता गराउन मातहतका निकायलाई पर्यटनमन्त्रीले निर्देशन दिनुभएको हो ।

मन्त्री भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि तुरुन्तै रकम फिर्ता गराउन र फिर्ता नगरे कारबाही गर्नसमेत निर्देशन दिनुभयो ।

अन्तर्राष्ट्रिय नियमित उडान महँगो भएको गुनासो आएपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको उडान भएको सेक्टरमा वायुसेवा निगमले तय गरेको भाडादरअनुसार उडान गराउन र विदेशी एयरलाइन्सलाई फ्लाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभयो ।