१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रेलको ठेक्कामा चरम भ्रष्टाचार र ढुकुटीको ब्रह्मलूट भएकाले तत्काल छानबिन थाल्न कांग्रेस नेता पौडेलको माग


0
Shares

congress ramchandra poudel rail tender

काठमाडौं, भदौं १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रेलमार्ग निर्माणका नाममा दिइएको ठेक्कामा चरम भ्रष्टाचार भएको भन्दै राष्ट्रिय ढुकुटीको ब्रह्मलूट रोक्न माग गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता पौडेलले काँकडभिट्टा–इनरुवा रेलमार्गको ठेक्का प्रक्रिया तत्काल रोक्न पनि माग गर्नुभएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै पौडेलले तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर लेखा समिति, विकास समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छानविन गर्न पनि माग गर्नुभएको छ ।

निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा रेलमार्ग निर्माणको काम दिइएको भन्दै उहाँले सरकारको यस भूमिकाले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको उल्लेख गर्नुभएको छ ।

जग्गाको मुआब्जासमेत वितरण नगरी आवश्यक गृहकार्य र तयारीबिना ठेक्कापट्टामा हतारिनुले राष्ट्रिय ढुकुटीको ब्रम्हलूट हुने चेतावनी पनि दिनुभएको छ ।

रेलमार्ग निर्माण परियोजनाका लागि निर्माणस्थलको धरातल तय भइनसकेको र सार्वजनिक खरिद ऐन तथा खरिद नियमावली विपरीत खुला प्रतिस्पर्धा नगराई निश्चित ठेकेदार कम्पनीलाई पोस्ने गरी ठेक्का दिनु अनुचित भएको पौडेलको भनाइ छ ।

हचुवाका भरमा राष्ट्रको ढुकुटीको ३५ अर्ब खेर जाने अवस्था आउनु अनुचित भएको पनि उल्लेख गर्नुभएको छ ।

सरकारले हालै रेलमार्ग निर्माणका लागि भन्दै केही निश्चित ठेकेदारले मात्र सहभागि हुन मिल्ने गरी ठेक्का निकाली उनीहरुलाई ठेक्कासमेत लगाइसकेको छ ।

जसमा देशको विभिन्न स्थानमा ठेक्का लिएर अलपत्र छाडेर देशको ढुकुटीमा ब्रह्मलूट मच्चाइरहेका ठेकेदारहरुलाई पनि सरकारले पुरस्कृत गरी ठेक्का दिएको छ ।

ठेक्का पाउनेमा नेकपा, कांग्रेसलगायत पार्टीनिकटका निर्माण व्यवसायी पनि रहेका छन् ।