
म्याग्दी, भदौ १८ । म्याग्दीमा पहिरोले सडक बगाएपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
गत असार २५ गते पश्चिम म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले सडक बगाएपछि दुई गाउँपालिकाका स्थानीय भीरमा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
पहिरोले धौलागिरि र मालिकाका बिम, मराङ, मुना, मलम्पार, मल्काबाङलगायतका डेढ दर्जनभन्दा बढी ठाउँमा बाटो बगाएको छ ।
बाटो नहुँदा मानिसहरु खाद्यान्नको भारी बोकेर भीरमा झुण्डिदै सास्तीपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयले बताएका छन् ।
तल्लो बिमको ठाडो खोलादेखि मराङको वेसी पारीसम्मको करिब १५ किलोमिटर सडक पहिरोले क्षतिग्रस्त भएको छ ।
प्रतिक्रिया दिनुहोस्