
काठमाडौं, भदौ १८ । पछिल्लो २४ घण्टामा १२२८ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ ।
यो सहित संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
थप संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन् ।
१८ हजार ४१३ कोरोनाका सक्रिय संक्रमित छन् ।
यस्तै मन्त्रालयका अनुसार १० हजार ६७१ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ७४२ छन् ।
क्वारेन्टाइनमा ६ हजार ७४९ जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा १३ हजार ४१३ पीसीआर परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।
योसँगै कुल डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना संक्रमण भएको छ ।
काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्