२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


राहत लिन पुगेकालाई प्रहरीद्धारा कुटपिट


0
Shares

पर्सा, भदौ १८ । जिल्ला प्रहरी कार्यालय पर्सामा राहत लिन पुगेका सर्वसाधारणमाथि कुटपिट भएको छ ।

राहत प्रदन गर्ने भन्दै महानगरका सम्पूर्ण वडा कार्यालयहरुलाई जिल्ला प्रहरी कार्यालयले गरिब, विपन्न तथा निषेधाज्ञाका कारण प्रभावित भएकाहरुलाई राहत पठाउन निर्देशन दिएको थियो ।

प्रहरी उपरीक्षक गंगा पन्तले केही बेरमै राहत बाडने भन्दै सबैलाई लामबद्ध हुन आग्रह गर्दै कार्यालय प्रवेश गराउनुभएको थियो ।

तर त्यसको केही बेरमै प्रहरी कार्यालय भित्रबाट आएका केही प्रहरीले सर्वसाधारणलाई लखेट्न शुरु गरेका थिए ।

यसक्रममा एकजना महिलाको हात भाच्चिएको छ ।