
तस्विर : फाइल
राजापुर, भदौ १८ । बर्दियाको गेरूवा गाउँपालिका –४ का कर्णाली नदीमा दाउरा छोप्न गएका एक महिला र दुई पुरूष बेपत्ता भएका छन् ।
कर्णाली नदीको रजबन्धुवा घाटमा बिहान करीब ११ बजेतिर नदीमा दाउरा लिन गएका गेरूवा –४ जोधिपुरका ४० वर्षीय बलबहादुर रोकाय, १४ वर्षीय भरत कडायत र १४ वर्षीया पवी रोकाय बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीयबासी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले बेपत्ताको खोजी गरिरहेको स्थानीय शिक्षक नारायण पौडेलले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्