२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


काठमाडौंका ९ वटा वडामा पिसिआर परिक्षण


0
Shares

काठमाडौं, भदौ १८ । काठमाडौं महानगरपालिकामा कोरोना नियन्त्रण अभियानअन्तर्गत बिहीबार तेस्रो चरणको ९ वटा वडाहरुमा स्वाब संकलन गरिएको छ ।

महानगरपालिकाले यसअघि पहिलो र दोस्रो चरणमा लक्षण देखिएका संक्रमितहरुको स्वाब संकलन गरेको थियो ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले संक्रमित व्यक्तिहरुसंग सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षणका लागि विभिन्न वडाहरुमा स्वाब संकलन गरिएको बताउनुभयो ।

उहाँले पहिलो चरणमा संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुको दोस्रो चरणमा र दोस्रो चरणमा संक्रमित देखिएकाहरुको सम्पर्कमा आएकाहरुको तेस्रो चरणमा ५ सय ५२ जनाको स्वाब संकलन गरिएको बताउनुभयो ।

उहाँका अनुसार वडा नं ३, ६, ८, २०, २१,२३, २९,२७ र २८ वडामा बिहीबार स्वाब संकलन गरिएको छ ।

जसमध्ये सबैभन्दा बढि २८ मा १५५ जनाको स्वाव संकलन गरिएको छ ।