
काठमाडौं, भदौ १८ । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।
त्यहाँ एकैदिन झण्डै ८४ हजार जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा ८३ हजार ८८३ जना संक्रमित भेटिएका छन् ।
यो संंख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताइएको छ ।
थप संक्रमितसँगै भारतभर कोरोना संक्रमितहरुको संख्या ३८ लाखभन्दा बढी छ ।
अहिलेसम्म ६७ हजार ३७६ जनाको मृत्यु भएको छ ।
तीमध्ये एक हजार ४३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
कुल संक्रमित ३८ लाख ५३ हजार ४०७ जना रहेकोमा २९ लाख ७० हजार ४९३ जना संक्रमणमुक्त भइसकेका छन् ।
त्यस बाहेक आठ लाख १५ हजार ५३८ जना भने अझै पनि संक्रमित अवस्थामै रहेको छन् ।
भारतमा एकैदिनमा ११ लाख ७२ हजार १७९ जनाको कोरोना परीक्षणका लागि स्वाब संंकलन गरिएको छ ।
भारतमा अहिलेसम्म साढे चार करोडभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्