
भैरहवा, भदौ १८ । बुटवलको रोहिणी गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष सरोजकुमार पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
सहकारीबाट प्राप्त हुने अनुदानका लागि सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग घुस लिने क्रममा अख्तियार दुरुपयोग आयोगको बुटवल कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियारको टोलीले सेवाग्राहीसँग ४५ हजार रुपैयाँ घुस मागेको र २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा नियन्त्रणमा लिएको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।
पाण्डेलाई सेवाग्राहीसंग घुस मागेको अडियो र भिडियोका आधारमा पक्राउ गरेको भुषालको भनाइ छ ।
भुषालका अनुसार पाण्डेलाई रोहिणी गाउँपालिका वडा नं २ को कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्