२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौं महानगरले बढायो परीक्षणको दायरा


0
Shares

काठमाडौं, भदौ १९ । हरेक दिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ ।

अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट ३२ वटै वडामा दुई हजार ७७५ जनालाई परीक्षणको दायरामा ल्याएको जनाएको छ ।

शुक्रबार वडा नं ३१ मा ३०० जनाको परीक्षण भइरहेको छ ।

केही दिनअघि काठमाडौं उपत्यका नगरपालिका फोरमले परीक्षणको दायरा बढाउने निर्णय गरेपछि कामपाले हरेक दिन संक्रमितको सम्पर्कमा आएकाको परीक्षणलाई तीव्र बनाएको जनाएको छ ।

अहिलेसम्ममा ७ वटा वडामा बिरामीको सम्पर्कमा रहेकाको परीक्षण गरिसकेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिले कन्ट्याक्ट ट्रेसिङपछिको परीक्षणमा मुस्किलले एक दुई जनाको मात्रै पोजेटिभ देखिने गरेकामा अहिले भने ५० प्रतिशतमा संक्रमण देखिन थालेको छ ।