
काठमाडौं, भदौ १९ । फोटो पत्रकार क्लबले नेपालका पत्रकारका लागि स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न पाउने वातावरण बनाउन आग्रह गरेको छ ।
क्लबले एक प्रेस विज्ञप्ति जारी गरी ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्न बिहीबार पुल्चोकमा भेला भएका स्थानीयवासीको प्रहरीसँग भएको झडपको तस्बिर संकलन तथा सम्प्रेषण गर्न गएका फोटोपत्रकारहरु घाइते भएको जनाएको छ ।
“चौथो अङ्ग मानिएको सञ्चार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न र संयमित भई सहज वातावरण बनाउन पनि सम्बन्धित सबैमा फोटोपत्रकार क्लब नेपाल आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्