
बागलुङ, भदौ १९ । बागलुङको ढोरपाटनमा भुजीखोलामा आएको बाढीले ज्यान गुमाएका १४ मध्ये ७ जनाको सनाखत भएको छ ।
ढोरपाटन नगरपालिका ९ का २६ वर्षीया केशमाया विक, ४६ वर्षीय करबहादुर विक, २२ वर्षिय जीवन विक, ११ वर्षीया डल्ली बिक, २१ वर्षिया डिलमाया पुन, वर्ष ३५ कि रिनाकुमारी घर्ती र वर्ष ३२ की करमती बुढाको सनाखत भएको हो ।
पहिरोले पुरेका मध्ये २४ जना अझै बेपत्ता रहेका छन् ।
शवहरु क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ ।
गत बुधबार गएको बाढीले ३१ घर बगाएको थियो भने ७५ भन्दा बढी घरमा क्षति पुर्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्