
पोखरा, भदौ १९ । कोरोना संक्रमणको दर उच्च रुपमा वृद्धि हुन थालेपछि पोखरा महानगरपालिकाका ३ वडा सिल हुने भएका छन् ।
शुक्रबार राती १२ बजेदेखि लागु हुने गरी १०, १२ र १३ नंबर वडा सिल गर्न लागिएको हो ।
३ वटै वडाका वडाध्यक्षले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भदौ २६ गतेसम्मका लागि सिल गर्ने जानकारी दिएका हुन् ।
सिल गरिएका वडाभित्र खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म खोल्न पाइने छ ।
साथै एम्बुलेन्स तथा अन्य अति आवश्यक क्रियाकलाप गर्न भने रोक लगाइने छैन ।
यस्ता सेवा सञ्चालन गर्दा सेनिटाइजर र मास्कको अनिवार्य प्रयोग तथा भौतिक दुरी कायम गर्न वडाका वडाध्यक्षहरुले जारी गरेको विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्