२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नवलपरासीमा निषेधाज्ञा खुकुलो


0
Shares

नवलपरासी, भदौ २१ । पश्चिम नवलपरासीमा जारी निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणको भिडभाड बढेको छ ।

जिल्ला प्रशासन कार्यालयले साउन ३१ गतेदेखि लगाएको निषेधाज्ञा आजबाट खुकुलो बनाए संगै सर्वसाधारणको भिडभाड बढेको हो ।

जिल्ला सुरक्षा समितिले पसल व्यवसायदेखि अत्यावश्यक सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थाहरु सुरक्षा मापदण्ड तय गरेर खुला गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक कामका लागि बाहिर निस्कनु पर्ने सर्वसाधारणहरुले सामाजिक दुरी कायम गरेर सुरक्षाका उपायहरु अपनाउन आग्रहसमेत गरिएको छ ।

सर्वसाधारणले भने न्यूनतम सुरक्षाका उपायको बेवास्ता गर्दै बजारमा निस्कन थालेका छन् ।

सर्वसाधारणको भिडभाड हुने मालपोत कार्यालय, नापी कार्यालय र बैंक तथा वित्तिय संस्थाहरु खुला गरेपछि त्यहाँ सर्वसाधारणको भिडभाड बढेको छ ।

अनावश्यक रुपमा भिडभाड बढे जिल्लाको निषेधाज्ञामा पुनः कडाई गरिने प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।