
पोखरा, भदौ २१ । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदविन्दु शर्माले कन्ट्याक ट्रेसिङका आधारमा नमुना परीक्षण गर्दा डीआईजी अर्यालमा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
नेपाल प्रहरीको पोखरास्थित सशस्त्र गणमा कार्यरत प्रहरीहरुमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुमा समेत कोरोना जोखिम बढेको छ ।
कन्ट्याक्ट टे«सिङका आधारमा अर्यालको नमुना संकलन गरी परीक्षण गरेकोमा आज रिपोर्ट पोजेटिभ आएको हो ।
त्यस्तै वडा प्रहरी कार्यालय नारायणगढ चितवनका प्रमुख प्रहरी निरीक्षक सहित चार जनामा कोरोना पुष्टी भएको छ ।
कोरोना पुष्टि भएसंगै वडा कार्यालय सिल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।
कार्यालय प्रमुखसहित २ जना प्रहरी अधिकृत, एक जना प्रहरी जवान र एक जना भान्सेमा संक्रमण पुष्टी भएको हो ।
उहाँहरुलाई आइसोलेसनमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्