१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमण, १८१४ डिस्चार्ज, ९ जनाको मृत्यु


0
Shares

काठमाडौं, भदौ २१ । पछिल्लो २४ घण्टा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९८० जना संक्रमित थपिएका हुन् ।

हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४६ हजार २५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयले जानकारी जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पिसिआर परीक्षण भएको छ ।

हालसम्म ७ लाख ६८ हजार ३४५ जनाको पिसिआर परीक्षण भएको छ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका ७४, ६८ र ८५ वर्षीय पुरुष छन् ।

मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यसैगरी, मोरङकी ६४ र झापाकी ४५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.21

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.21#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Sunday, September 6, 2020