१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परिवारमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्यमन्त्री क्वारेन्टिनमा


0
Shares

काठमाडौं, भदौ २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि क्वारेन्टिनमा बस्नुभएको छ ।

तीन दिनअघि परिवारका सदस्यलाई संक्रमण देखिएपछि मन्त्री ढकालले आफू क्वारेन्टिनमा बसेको जानकारी दिनुभयो ।

परिवारका एक सदस्यलाई कोरोना देखिएपछि ३ दिनदेखि घरमा बसेको र ५ दिनपछि पिसिआर परिक्षण गराउने मन्त्री ढकालले बताउनुभयो ।