२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नाकामा सेना परिचालन गरि दशैंसम्म निषेधाज्ञा लम्ब्याउन सीडीओहरुको सुझाव


0
Shares

काठमाडौं, भदौ २१ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले दशैंसम्म निषेधाज्ञा लम्बाउन सरकारलाई सुझाव दिएका छन् ।

आइतबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमिति बैठकमा बोल्दै उनीहरुले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने धारणा राखेका हुन् ।
संक्रमण बढे पनि नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायले दबाब दिने गरेको गुनासो उनीहरुले गरेका छन् ।

बैठकमा सहभागी सांसदहरुले भने होम आइसोलेसनको विकल्प खोज्नुपर्ने धारणा राखेका छन् ।

लक्षण नभएका व्यक्तिहरुलाई सरकारले होम आइसोलेसनमा राख्ने नीतिले संक्रमणको दर बढेको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका हुन् ।

सांसद सरिता न्यौपानेले होम आइसोलेसन व्यवस्थित गर्नुपर्ने भन्दै होम आइशोलेसनमा शौचालयको समस्या हुने धारणा राख्नुभयो ।

सांसद बैठकमा सांसदहरुले तरकारी बजारमा अनुगमन बढाउन माग गरेका छन् ।

सांसद सन्त थारुले सञ्चारमाध्याममा बहस गर्न छाडेर सीमा क्षेत्रमा कडाई गर्न संघ संस्था र पार्टीका कार्यकर्ताहरुलाई परिचालन गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसदउपसमिति संयोजक जीवनराम श्रेष्ठले बजारमा गुणस्तरहित स्यानीटाइजर विक्रि भइरहेको गुनासो आएको धारणा राख्नुभयो ।