१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रेलमार्ग ठेक्का प्रकृयाको विषयमा कांग्रेस विरोध


0
Shares

काठमाडौं, भदौ २१ । काँकडभिट्टा इनरुवा रेलमार्ग ठेक्का प्रकृयाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।

ठेक्का प्रकृयाको विरोध गरिरेको कांग्रेसको भातृ संगठनका नेताहरुले आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन ।

ठेक्का प्रकृयाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै भातृ संगठनका नेताहरुले मौन विरोध प्रदर्शन गरेका हुन ।

महामारीको समयमा जनता कोरोनाबाट प्रभावित भइरहेको बेला सरकारले मिलेमलोमा ठेक्का दिएको उनीहरुको आरोप छ ।

अहिले उपत्यकामा निषेधाज्ञा जारी छ । संक्रमण्को जोखिम दिनदिनै बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाकै बीचमा कांग्रेसके भातृ संगठनका नेताहरु प्रर्दनमा उत्रिएका हुन ।

१२ जनामात्रै सहभागि भएर सामाजिक दुरी कायम गरी प्रदर्शन गरिएको उनीहरुले बताएका छन ।

रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न लेखा समिति, विकास समिति र अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई उनीहरुले आग्रह गरेका हुन ।

प्रदर्शनकै क्रममा प्रहरी आइपुगेपछि उनीहरु तितरवितर भएका थिए ।