२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसभित्रको झगडा सुल्झिनुको साटो बल्झिँदै


0
Shares

रोमन आचार्य (ईमेज)
काठमाडौं, भदौ २१ । नेपाली कांग्रेसभित्रको घर झगडा सुल्झिनुको साटो बल्झिँदै गएको छ ।

विधि र पद्धतिको कुरा गर्नेहरु मौका पाउनासाथ विरोधी गुटलाई सिध्याउने दाउमा लागिहाल्छन् ।

अहिले बरिष्ठ नेता पौडेल समुह राजीनामा दिनेसम्मको घुर्कि लगाएर बसेको छ ।

तर कांग्रेसलाई बुझेकाहरु यो खेमाको चेतावनी महाधिवेशमा कार्यकर्ताको मन जित्ने दाउ मात्र भएको टिप्पणी गर्दछन् ।

व्यक्तिवादले प्रश्रय पाएको कांग्रेसमा सभापति शेरबहादुर देउवा पार्टीमा आफ्नो विरासत स्थापित गर्न कम्मर कस्नुभएको छ ।

आगामी महाधिवेसनबाट कार्यकाल दोहोर्‍याउने देउवाको मनसाय प्रष्ट छ ।

२८ विभागलाई बढाई ४७ पुर्‍याएर आफु निकट करिव चौविस कार्यकता भर्ती गर्नु महाधिवेसनमा पकड दह्रो बनाउनु खेल हो ।

देउवाले विधानलाई लात मारेरै ६ महिनामा गठन गर्नुपर्ने विभागहरु महाधिवेसनको सम्मुखमा गठन गर्नुभएको हो ।

कांग्रेस नेता लोकेश ढकाल देउववाद पार्टीमा लाद्ने काममा सहयोगी भूमिकामा इतर समूह देखिएको टिप्पणी गर्नुहुन्छ ।

४ वर्ष सम्म सभापतिले विधानविरित काम गर्दा पनि कता भाग पाइन्छ भनेर च्याखे दाउँ थापेर बस्नु इतर समूहको कमजोरी हो ।

महाधिवेसनको सम्मुखमा सभापतिलाई गलाउन र कार्यकताको भावना जित्न शूरु भएको अल्टिमेटमदेखि सत्याग्रहसम्मको चेतावनीले पार्टीमा विग्रिएको प्रणाली बस्छ भन्ने सुनिश्चितता छैन ।

सभापतिले पार्टीमा एकलौटी गर्दा रमिते बनेको इतर समूहको विरोधको स्वर पार्टीभित्र प्रणालीको बहस गर्न नभइ महाधिवेसनमा नेतृत्व हत्याउने रणनीति मात्र भएको बुझाइ कांग्रेसमा छ ।

विरासत र व्यक्तिवादको राजनीतिमा चुलुम्म डुवेका नेताहरुनै आसन्न महाधिवेसनबाट नेतृत्व हत्याउने योजनामा छन् ।

नेता, ढकाल नेतृत्वका लागि चर्चामा आएका नामहरुले कांग्रेस रुपान्तरण गर्न नसक्ने दाबी गर्नुहुन्छ ।

कांग्रेस त्यहीँ पार्टी हो जसका संस्थापक नेताहरु गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराइले कोपभाजनमा परेर पार्टी परित्याग गर्नुपरेको थियो ।

स्थापनाकालदेखि नै गुटबन्दीको मारमा परेको कांग्रेसले आधा सताब्दी पार गर्दा पनि पुरानो गल्ती सच्याउन सकेको छैन ।

भिडियो हेर्नुहोस्