१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं, भदौ २२ । काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जना कोरोना संक्रमित थपिएका छन् ।