२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


२४५ सैनिकको स्वाब परिक्षण गर्दा ६३ जनामा कोरोना पुष्टि


0
Shares

सुदूरपश्चिम, भदौ २२ । कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा सोमबार कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम केन्द्रका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा कोरोनाको पुष्टि भएको जानकारी दिनुभयो । तालीम शिक्षालयलका १२९ को नतिजा नेगेटिभ आएको जनाइएको छ ।

सोमबार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको ४४५ नमूनाको परीक्षणमा ७६ जनामा सङ्क्रमित पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो ।

कोभिड–१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलालीमा कुल सङ्क्रमित र सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् ।

आजसम्म कैलालीमा ६, बझाङ र बाजुरामा २र२ तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ । रासस