१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रथयात्रामा समातिएका सातजना रिहा


0
Shares

काठमाडौं, भदौ २३ । बिहीबार रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जना रिहा भएका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट तीनजना आइतबार रिहा भएका थिए ।

यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रा झडपमा स्थानीयवासी र प्रहरीबीचको विवादमा पक्राउ परेका २० मध्ये ७ जना हिजो रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताउनुभयो ।

रथयात्रामा झडप गर्ने सहभागीमध्येका कूल २० जनालाई समातेको र तिनमध्ये १७ जनालाई मुद्दा चलाइएको छ ।

ती १७ मध्ये हिजो छाडिएका छ जनामा कोरोना पोजेटिभ र एकमा मानसिक समस्या देखिएकाले उपचारको प्राथमिकतामा राखेर हाजिरजमानीमा छाडेका प्रवक्ता तामाङले जानकारी दिनुभयो ।

यसमा बाँकी अन्य १० भने हिरासतमै रहेको जनाइएको छ ।

रथयात्रामा पक्राउ परेका सबैलाई छाड्न अपिल गर्दै केही जनताले जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउसमेत गरेका थिए ।

प्रशासनले गत शनिबारदेखि आउँदो शुक्रबारसम्म यहाँका केही स्थानमा पाँचभन्दा बढी मानिस जम्मा हुन नपाउने विज्ञप्ति जारी गरेसँगै उक्त घेराउ गर्नेहरुलाई प्रहरीले हटाएको थियो ।