
उदयपुर, भदौ २३ । उदयपुरमा लगतारको विद्युत कटौतिले सेवाग्राहि मार्कामा परेका छन् ।
दैनिक सयौ पटक विद्युत आउने र जाने समस्याले गर्दा सेवाग्राहिले मोबाइल, कम्प्युटर, टेलिभिजन चलाउन पाएका छैनन भने कलकारखानामा पनि काम प्रभावित भएको छ ।
महिनौ देखि दैनिक रुपमा विद्युत कटौति भएपछि सेवाग्राहिले पटक–पटक सम्बन्धित निकायमा खवर गर्दासमेत सुनुवाई नभएको गुनासो गरेका छन् ।
जिल्लाको चौदण्डीगढी र बेलका नगरपालिकामासमेत विद्युत कटौति दैनिक रुपमा बढी रहेको छ ।
नेपाल विद्युत प्राधिकरण गाइघाटका प्रमुख रोशन कुमार सिंहले भने सिस्टमको खराबिको कारण विद्युत आउने जाने समस्या भएको बताउनुभयो ।
चौदण्डीगढी नगरपालिकामा कतै ९ त कतै ११ मिटरका विद्युतका पोल रहेका छन ।
प्रयोग भएको केबुलको कारण पनि विद्युत आउने जाने समस्या भएको प्राधिकरणले जनाएको छ ।
विद्युत आपुर्ति नियमित नहुदा उदयपुर सिमेन्ट जस्तो ठुलो उद्योगमा पनि समस्या परेको बताइएको छ ।
चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले भने दशैसम्म विद्युत कटौतिको समस्या सामधान हुने दाबी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्