६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


एकै दिन थप ९०२ जनामा कोरोना संक्रमण, २२८७ जना डिस्चार्ज, ६ जनाको मृत्यु


0
Shares

२३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९०२ जना संक्रमित थपिएका छन् ।


योसहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२८७ जना कोरोना संक्रमणबाट निको भइ डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.23

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.23#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Tuesday, September 8, 2020