
सुर्खेत, भदौ २३ । निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कर्णाली प्रदेशले निजी तथा आवासीय विद्यालयहरु सञ्चालन गर्न नसकिने आधारपत्रसहित मुख्यमन्त्रीलाई तालाचाबी बुझाएको हो ।
सरकारले कोभिडको माहामारीबाट बच्नका लागि गरिएका लकडाउनले संस्थागत विद्यालयहरु सञ्चालनको प्रक्रियालाई अवरुद्ध पारेको नेशनल प्याब्सनको आरोप लगाएको छ ।
लकडाउनका कारण विद्यालय बन्द गर्नुपरेको अवस्थामा कर्मचारी तथा शिक्षकको तलब व्यवस्थापन गर्न कठिन भएको एनप्याब्सनका प्रदेश अध्यक्ष कमल सिंह ठकुरीले बताउनुभयो ।
तालचाबी बुझ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही र समाजिक मन्त्री दल रावलले तत्काल संघीय सरकारसँग समन्वयगरी समस्या समाधानका लागि पहल गर्ने आश्वाशन दिनुभएको छ ।
हाल नेशनल प्याव्सनमा कर्णाली प्रदेशमा १ सय ५ विद्यालय आवद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्