
एजेन्सी, भदौ २३ । भारतीय अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेको छ।
मंगलबार बलिउड अभिनेत्री रियालाई एनसिपीको टोलीले पक्राउ गरेको भारतीय समाचार च्यानलहरुले जनाएका छन् ।
उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणसँग जोडेर पक्राउ गरिएको हो ।
समाचारहरुका अनुसार उनले सुशान्तलाई लागु औषध दिएको आरोप लगाइएको छ ।
सुशान्त आत्महत्या प्रकरणले लगातार बलिउड तातिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्