
काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोइरालालाई तीन दिन पहिले ज्वरो आएको थियो ।
सोमबार धुम्बराहीस्थित ह्याम्स अस्पतालमा पिसिआर परीक्षण गराउदा कोरोना पोजेटिभ रिपोर्ट आएको उहाँका स्वकिय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।
मंगलबार पुन: कोरोना परीक्षण गराउदा कोइरालाको रिपोर्ट पुनः पोजेटिभ नै आएको छ ।
उहाँका परिवारका सदस्य र सहयोगीहरुसहित १९ जनाको स्वाब परीक्षण गरेकोमा महामन्त्री कोइरालाको मात्र पोजेटिभ रिपोर्ट आएको छ ।
कोइराला अहिले आफ्नै निवास महाराजगंजमा होम आइसोलेसनमा बसिरहनुभएको छ ।
अहिले स्वाथ्यमा कुनै पनि समस्या नभएको र आफुसंग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णलाई सजगता अपनाउन कोइरालाले सामाजिक संजाल मार्फत समेत अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्