७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कोरोनाबारे चीनले सही सूचना दिँदा करोडौं व्यक्तिको ज्यान जोगियो : राष्ट्रपति सी


0
Shares

काठमाडौं, भदौ २३ । चिनियाँ राष्ट्रपति सी चिनपिङ्ले कोरोना महामारीका सम्बन्धमा आफुहरुको विश्वलाई समयमै सही जानकारी दिएर करोडौं मानिको ज्यान जोगिएको दाबी गर्नुभएको छ ।

बेइजिङमा मंगलबार आयोजित कोभिड–१९ विरुद्ध चीनको ‘जनयुद्ध’ का ‘हिरो’ को सम्मान कार्यक्रममा उहाँले चीनले खुला र पारदर्शी तरिकाले इमान्दारिता देखाउँदा करोडौं व्यक्तिको ज्यान जोगिएको जिकिर गर्नुभयो ।

अमेरिकालगायत केही देशहरुले चीनको सुरुवाती असफलताले विश्वभर कोरोनाभाइरसको महामारी फैलाएको आरोपलाई खण्डन गर्दै राष्ट्रपति सीले आफुहरुको प्रयासमा शंका नगर्न आग्रह गर्नुभयो ।

उहाँले महामारीपछि चीन आर्थिक बृद्धिमा फर्कने पहिलो मुख्य अर्थतन्त्र भएको विषयमा जोड दिँदै यसले देशको प्राणलाई प्रस्तुत गरेको बताउनुभयो ।

कार्यक्रममा सीले चीनमा कोरोनाभाइरसविरुद्धको अभियानमा मुख्य भूमिका निर्वाह गर्ने कोरोनाभाइरस विशेषज्ञ तथा शीर्ष स्वास्थ्य सल्लाहकार झोङ नानसानलाई देशको सबैभन्दा उच्च सम्मान ‘मेडल अफ द रिपब्लिक’ बाट सम्मान गरिएको थियो ।

चीनले भने यस महामरीलाई विभिन्न मोडलहरुको सहयोगले नियन्त्रणमा लिन सफल भएको छ ।

चीनमा ८५ हजार १ सय ४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका थिए । यस सङ्क्रमणबाट चीनमा ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको थियो ।

चीनमा ८० हजार ३ सय ३५ जना कोरोना भाइरस मुक्त भएका छन् ।

हाल चीनमा १ सय १५ जना मात्र सक्रिय संक्रमित रहेका छन् । (एजेन्सी)