२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बेलायतमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो


0
Shares

काठमाडौं, भदौ २४ । बेलायतमा पछिल्ला केही हप्ता यता कोरोना (कोभिड १९) का संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ ।

प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ४२० जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका बताइएको छ ।

बेलायतमा कोरोनाका संक्रमितहरु पछिल्ला केही दिनयता बढी मात्रामा देखिन थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

छिल्ला केही हप्तामा ठूलो संख्यामा नयाँ संक्रमितहरु थपिएका र आजसम्म यहाँका संक्रमितहरुको संख्या ३ लाख ५२ हजार ५२० जना पुगेको छ ।

यस संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५८४ जना पुगेको बताइएको छ ।

बेलायतका स्वास्थ्यमन्त्री म्याट हानकोकले मंगलबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक भएको बताउनुभएको छ ।

लन्डनमा कोभिड १९को अवस्था सामान्यजस्तो देखिएकोले बेलायतमा जनजीवनलाई पनि सामान्य बनाइएको थियो ।

गएका केही हप्तादेखि यहाँ सामान्य रुपमा मात्र संक्रमित देखिएका थिए ।

बेलायतमा कोभिड १९ को महामारी फेरि बढ्न सक्ने खतरा देखिएको उहाँले बताउनुभयो ।

यहाँ सोमबार र आइतबार २ हजार ९०० भन्दा बढी संक्रमित थपिएका थिए । (एएनआई/रासस)