२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


शेरबहादुर देउवाको आरोपः सरकारले कोरोनाको नाममा भ्रष्टाचारबाहेक केही गरेन


0
Shares

congress sherbahadur deuba corona government

काठमाडौं, भदौं २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा सरकारले भ्रष्टाचारबाहेक केही काम नगरेको आरोप लगाउनुभएको छ ।

१०७ औं बीपी जयन्तीको अवसरमा गरिएको भर्चुअल कार्यक्रममा देउवाले कोरोना संक्रमण डरलाग्दो गरी बढेकाले यसप्रति सचेत रहन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले कुनै चिन्ता गरेको छैन । कोरोना नाममा पैसा उठाउने, भ्रष्टाचार गर्ने बाहेक केही काम गरेको छैन ।’

देउवाले सरकारले अझै पीसीआर परीक्षण नबढाएको, आइसोलेसन सेन्टरहरु नबढाएको ओरोप पनि लगाउनुभयो ।

नेपाललाई कोरोनामुक्त बनाउने अभियानको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताउँदै उहाँले आफू पनि मास्क लगाउन र सामाजिक दुरी कायम गर्न, अरुलाई पनि सुसूचित गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।