
तस्विर : फाइल
काठमाडौं, भदौं २४ । सरकारले स्वाब परीक्षण गर्न दिएकाहरु रिपोर्ट नआउञ्जेल होम क्वारेन्टिनमा नबसे कार्वाही गर्ने चेतावनी दिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञासम्बन्धी नयाँ आदेशमा यस्तो चेतावनी दिइएको हो ।
यसैगरी कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु पनि स्वाब परीक्षण गराउने व्यक्तिको रिपोर्ट नआउञ्जेल अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्नुपर्ने आदेश दिँदै पालना नभएका कार्वाही गरिने चेतावनी दिइएको छ ।
त्यसरी नियम पालना गरे÷नगरेको अनुगमन गर्ने जिम्मेवारी भने स्थानीय वडा कार्यालयलाई दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्