२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


काठमाडौं उपत्यकामा एकैदिन थप ५७२ जनामा कोरोना संक्रमण,तीन जनाको मृत्यु


0
Shares

काठमाडौं, भदौं २५ । काठमाडौं उपत्यकाका पछिल्लो २४ घण्टामा ५७२ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

कोभिड–१९ बाट काठमाडौंमा मात्र ४९५ जना संक्रमित थपिएका हुन् भने ललितपुरमा ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

देशभर भने पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जना संक्रमित थपिएर नेपालमा कोरोना संक्रमितको कुल संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जना संक्रमित थपिँदा १ हजार १ सय १८ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज मात्रै काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ ।