
एजेन्सी, भदौं २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको छ ।
अमरिकी राष्ट्रपतिको दोस्रो कार्यकालका लागि कठिन चुनावी प्रतिष्पर्धामा रहनु भएका ट्रम्पका लागि यो खुशीको खबर भने नर्वेबाट आएको हो ।
राष्ट्रपति निर्वाचन हुन दुई महिना बाँकी रहेका बेला उहाँको नाम प्रतिष्ठित नोबेल शान्ति पुरस्कारका लागि पठाइएको हो ।
यसरी नाम सिफारिश गर्नेमा नर्वोको एक दक्षिणपन्थी नेता क्रिस्चियन टायब्रिंग येद्दे हुन् । उहाँले नै ट्रम्पको नाम २०२१ को नोबेल पुरस्कारका लागि पठाउनुभएको बीबीसीले जनाएको छ ।
हालै इजरायल र यूएईबीच भएको शान्ति सम्झौतमा राष्ट्रपति ट्रम्पको भूमिका रहेको र यसैका लागि नोबेल शान्ति पुरस्कार दिनुपर्ने येद्देको तर्क छ ।
क्रिस्चियन टायब्रिंग येद्देले अमरिकी न्यूजÞ च्यानल फक्स न्यूजÞलाई दिएको अन्तर्वार्तामा नोेबेल शान्तिमा सिफारिश गरिएका अरु मानिसभन्दा ट्रम्पले धेरै राम्रो काम गरेको बताउनुभयो ।
नोबेल शान्तिका लागि यस वर्ष ३१८ जनाको नाम सिफारिश गरिएको जनाइएको छ ।
अहिलेसम्म अमेरिकी राष्ट्रपतिहरु थियोडर रुजवेल्टले सन् १९०६, वुड्रो विल्सनले १९२०, जिमी कार्टरले २००२ तथा बराक ओबामाले २००९ मा नोबेल शान्ति पुरस्कार पाइसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्