१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुदुरपश्चिममा मल अभाव


0
Shares

काठमाडौं, भदौ २५ । सुदूरपश्चिमका किसानहरु यतिवेला धान खेतमा मल राख्न नपाएर समस्यामा परेका छन् ।

किसानहरु महामारीको जोखिम मोलेरै भएपनि मल खरिद गर्न भौतारिनुपर्ने बाध्यतामा छन् ।

मल किन्न बिहानैदेखि स्थानीय सहकारी संस्था बाहिर दिनभर कुरेर बस्नुपर्ने दैनिकी जस्तै बनेको छ ।

किसानहरुलाई आफ्नो स्वास्थ्यको भन्दा मल नपाउने चिन्ताले सताएको छ ।

अहिले मल आपूर्ती गरिरहेका कुनै निकायमा मल मौज्दात छैन ।

साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका कार्यालय प्रमुख केशवप्रसाद पाण्डेले विरगंजमा ३४ हजार मेट्रिकटन युरिया आएको र त्यसमध्ये ३ हजार २ सय मेट्रिकटन सुदूरपश्चिम प्रदेशको लागि छुट्याइएकोमा अहिले सम्म ७ सय मेट्रिकटन मल आइसकेको र बाँकी मल आउने क्रममा रहेकाले किसानलाई चाँडै उपलब्ध गराइने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीे कोभिड १९ संक्रमणको प्रतिकूल समयको बाबजुद पनि मलको आपूर्तिलाई सहज बनाउन प्रभावकारी काम भइरहेको दावी गर्नुहुन्छ ।

मल आपूर्ति गरिरहेका कृषि सामाग्री र साल्ट टे«डिङ कर्पोरेशनसँग अहिले पोटास बोहक अन्य मल उपलब्ध छैन ।

डिएपी मल न्यून मात्रामा पाइए पनि युरिया मलको भने हाहाकार छ ।