२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


भारत–चीनबीच सीमाविवाद कम गर्न पाँच विषयमा सहमति


0
Shares

india china border issue

एजेन्सी, भदौं २६ । भारत र चीनबीच सीमा विवाद कम गर्न सहमति बनेको छ । दुई देशको सीमा क्षेत्र लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा जारी विवाद कम गर्न सहमति बनेको हो ।

भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेश मन्त्री वाग यीबीच बिहीबार मस्कोमा भएको भेटवार्तामा सहमति बनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिनियाँ विदेश मन्त्रालयले पनि दुई देशबीच तनाव कम गर्नेबारे सहमति बनेको जनाएको छ । भारतीय विदेश मन्त्रीले भारत एलएसी पर जारी तनाव अरु बढाउन चाहँदैन तर चीनप्रतिको भारतको नीतिमा पनि कुनै परिवर्तन नभएको जनाएका छन् ।

भारतीय समाचार एजेन्सी एएनआईले चिनियाँ विदेश मन्त्रालयलाई उधृत गर्दै लेखेको छ कि दुई देशबीचको सम्बन्ध टकरावको अवस्थामा पुगेको भएपनि जबसम्म दुई पक्ष सम्बन्धलाई सही दिशामा लैजान तयार हुन्छन्, तबसम्म कुनै समस्या नहुने र जुनसुकै चुनौती समाधान हुने छन् ।

मस्कोमा जारी शंघाई कोपरेशन अर्गनाइजशन मुलुकका विदेश मन्त्रीहरुको बैंठकमा भाग लिन दुबै देशका विदेश मन्त्री रुसमा रहेका हुन् ।