१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी चुनाव रुस, चीन र इरानका ह्याकरको निशानामा


0
Shares

american election target by russian, chinese iranianhyaker

एजेन्सी, भदौं २६ । अमेरिकाको आसन्न राष्ट्रपति निर्वाचन रुस, चीन र इरानसँग सम्बन्ध रहेका ह्याकरहरुको निशानामा परेको छ ।

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनसँग जोडिएका व्यक्ति र समूहहरुलाई ती ह्याकरले निशाना बनाएको दाबी माइक्रोसफ्टले गरेको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जो बाइडेनको चुनावी अभियानहरु ह्याकरको निशानामा परेको जनाइएको छ ।

डेमोक्र्याटिक र रिपब्लिकन पार्टीसँग सम्बन्धित दुई भन्दा बढी संस्था रुसी ह्याकरको निशाना रहेको माइक्रोसफ्टले दाब िगरेको हो ।

यसअघि सन् २०१६ को निर्वाचनमा पनि रुसी हस्तक्षेपका कारण परिणाम उलटपुलट भएको भन्दै अमेरिकामा अझै पनि अनेकन मुद्दा चलिरहेको छ ।

सोही निर्वाचनमा हस्तक्षेप गर्ने रुसी ह्याकरहरु नै अहिले फेरि सक्रिय भएको माइक्रोसफ्टको दाबी छ ।

चार वर्षअघि डेमोक्र्याटको चुनावी अभियानलाई रुसी ह्याकरले निशाना बनाएका थिए । चार वर्षअघिकै जस्तो गतिविधि फेरि देखिन थालेको माइक्रोसफ्टले जनाएको छ ।

चिनियाँ ह्याकरले भने बाइडेनको चुनावी अभियानसँग जोडिएका व्यक्तिका इमेलहरुलाई निशाना बनाइरहेको दाबी गरिएको छ । यसका लागि जिर्कोनियम नामक चिनियाँ ह्याकर समूह सक्रिय रहेको जनाइएको छ ।

उता, इरानी ह्याकरको तारो भने ट्रम्पको चुनावी अभियान बनेको छ । फोस्फोरस नामक इरानी ह्याकर समूह यसका लागि सक्रिय रहेको छ ।

तर ती ह्याकरहरुको धेरैजसो निशाना सफल हुन भने सकेको छैन ।