२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सामाजिक सञ्जालमार्फत कोरोनाबारे झुट्टा अफवाह फैलाउने पक्राउ


0
Shares

काठमाडौं, भदौ २६ । सामाजिक सञ्जालमार्फत कोरोना (कोभिड–१९) को पीसीआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका–७ का ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका–४ का निरज लम्साल रहेका छन् ।

प्रहरीले रिमाललाई बुधबार तथा लम्साललाई बिहीबार पोखराबाट पक्राउ गरेको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड–१९ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।