१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पछिल्लो २४ घण्टामा १४५४ जना कोरोना संक्रमित थपिए, ९७२ डिस्चार्ज, ५ जनाको मृत्यु


0
Shares

काठमाडौं, भदौ २६ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ जना मृतक थपिएसँगै मृत्यु हुनेको संख्या ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५४ जना संक्रमित थपिएका छन् ।

एकै दिन थपिएको यो संख्या हालसम्मकै बढी हो ।

नेपालमा अहिले १४ हजार ९ सय ४८ संक्रिय संक्रमित रहेका छन् ।

संस्थागत आइसोलेसनमा ८ हजार २९१ जना र होम आइसोलेसनमा ६ हजार ६ सय ३४ जना रहेका छन् ।

१७० जना आइसीयूमा र २५ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९७२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोनामुक्त हुनेको संख्या ३६ हजार ६ सय ७२ रहेको छ । यो कुल संक्रमितको ७१ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण भएको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.26

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.26#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Friday, September 11, 2020