२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


काठमाडौं उपत्यकामा एकैदिन ६९६ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं, भदौ २६ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जना कोरोना भएको बताउनुभयो ।

यो संख्या हालसम्मकै उच्च हो ।

काठमाडौंमा ६२० तथा भक्तपुर ३८ र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।